How the Kiwi Fruit Got its Name? किवीफलको नामाकरण.


सन् १९२४ मा हेवार्ड राईट (Hayward Wright) ले नयाँ जातको छनौट गरे, जसलाई हेवार्ड जात भन्ने गरियो । यहि हेवार्ड जात संसारभर प्रचलित छ । उनले पहिले आफ्नो करेशावारीमा लगाएका थिए र सन् १९४० पछि व्यावसायिक बगानको रुपमा खेती गर्न थाले । सन् १९४० सम्ममा २०० वटा बोटहरु लगाईएको र बढ्ने क्रम जारी रह्यो । फलले धेरै प्रशिद्धि कमायो, खास गरि दोश्रो विश्वयुद्ध ताका न्युजिलेण्डमा रहेका अमेरिकी स्टेशनमा बढी विक्रि हुन थाल्यो । फलस्वरुप सन् १९५० तिर अमेरिका निर्यात भयो र यसको माग बढ्न थाल्यो किनकी त्यतिबेला अमेरिकी सरकारले मेलन र बेरी फलहरुको आयातमा बढी कर लगाएको थियो । त्यसपछि सन् १९५३ तिर यो फल जापान, युरोपमा निर्यात भयो । थोरै परिमाण अष्टेलिया, बेलायत, स्केण्डिनाभियामा समेत निर्यात भयो ।


पश्चिमा मुलुकहरुमा यसको माग बढ्न थाल्यो र खेती विस्तार हुने क्रम बढ्यो तर तत्कालिन अवस्थामा चाईनीज गुजबेरी भन्ने नाम उनीहरुलाई त्यति मन परेको थिएन । तसर्थ अन्तरकृयामा ज्याक टर्नरले किवीफल नामाकरण गर्न सुझाव दिए । न्युजीलेण्डमा पाइने किवी चराको आकार सँग मिल्दो जुल्दो हुनुको साथै चराको पखेटा नभई झुसमात्र हुनेहुँदा यो झुसेफललाई किवीफल उपयुक्त हुने कुरामा सहभागीहरु विच सहमती भयो, हाल विश्वभरि नै त्यहि नामबाट प्रचलित छ ।
Kiwi-National bird of New Zealand brown hairless bird.


चीनमा यो फल राष्ट्रिय फल हो । सन् २०१९ मा न्युजिलेण्ड विश्वकै प्रमुख उत्पादक देश भयो र त्यस पछि, इटाली बेल्जियम चिली, ग्रीस, नेदरल्याण्ड, स्पेन, अमेरिका, हङ्कङ्, पोर्चुगल, फ्रान्स, जर्मनी, चिन, युएइले पछ्याए । हाल न्यजीलेण्डको किवीफललाइ जेस्प्री (Zespri) ब्राण्ड (Zespri Green & Gold Brand) ले संसार भर प्रचलित छ ।


Previous Post Next Post
Get it on Google Play