Fertilizer Requirements in Kiwi Fruit (मलखाद ब्यवस्थापन)


मलखादको मात्रा:
किवीफल लहराहरु छिटोछिटो बढ्ने भएको हुनाले यसलाई बढी मलखादको आवश्यकता पर्छ । काँटछाँटबाट धेरै भाग (करिव बढेको लहराको ७५ प्रतिशत) हटाउनु पर्ने र फलको उत्पादन पनि बढी (heavy fruiting) हुने भएकोले खाद्यतत्व बढी शोस्ने गर्दछ । किवीफलको पातहरु चौडा र जराहरु पनि धेरै पैmलिने भएकोले पानी बढी शोस्ने हुंदा वनस्पतिक वृद्धि बढी भई लहराहरु चाँडो बढ्ने तथा उत्पादन पनि बढी हुने भएको हो । तसर्थ यसको खेती गर्नको लागि माटोमा प्रशस्त प्राङ्गारिक पदार्थ हुनुको साथसाथै रासायनिक मल तथा सूक्ष्म तत्वहरु समेत वर्षेनी हाल्नु पर्दछ । नेपालमा भने हालसम्म मलखादको परिमाणको अनुसन्धान तथा परिक्षण भएको छैन तर नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले २ देखि ५ वर्षको बोटलाई ३० किलोग्राम कम्पोष्टमल, १२० ग्राम नाईट्रोजन, ६० ग्राम फस्फोरस र ६० ग्राम पोटास प्रति वर्ष र ५ वर्ष पछि ४० किलो कम्पोष्ट मल, ८०० ग्राम नाईट्रोजन, ६०० ग्राम फस्फोरस र ६०० ग्राम पोटास प्रति बर्ष (किवी खेती प्रविधि २०१३/१४) सिफारिस गरेको छ । समशितोष्ण फलफूल रुटस्टक विकाश केन्द्र बोँचमा भने भारतको हिमाञ्चल प्रदेशको सिफारिसलाई समेत आधार मानि मलको मात्रा प्रयोग गर्ने गरिएको छ । 

जुन तलको तालिकामा दिईएको छ:
तालिका: किवीफलको लागि उमेर अनुसार मलखाद (प्रति बिरुवा प्रतिबर्ष)


कम्पोष्टमल माथि दिइएको मात्रामा उपलब्ध नभएमा बजारमा पाइने अन्य जैविक मल जस्तै गड्यौलीमल, जैविकमल आदि पनि हाल्न सकिन्छ । तिनीहरुको मात्रा भने फरक फरक हुन्छ र कम्पनीहरुले सिफारिस गरेको मात्रामा हाल्नु पर्दछ । तर यस्ता मल खरिद गर्दा सरकारी निकायबाट जाँचेको प्रमाण हेरेर खरिद गर्दा राम्रो हुन्छ ।


मलखाद हाल्ने समय:
यो माथि दिइएको मलको मात्रा एक वर्षको भएकोले यो मात्राको आधाभाग हिउँदमा काँटछाँट तथा खनजोत वा गोडमेल सकेपछि हाल्नु पर्छ र लगत्तै सिंचाई गर्नु पर्दछ । त्यसपछि वर्षात्को सुरु हुनु अघि बाँकीभाग हाल्नु पर्दछ । यसरी बर्षको दुई पटक मलखाद हालिन्छ ।


मलहाल्ने तरिका:
सर्वप्रथम बिरुवा को १ देखि १.५ मिटर वरिपरि हल्कासँग खनजोत गरि झारपात केलाउनु पर्दछ । किवीफलको जराहरु सतह देखि केहि मुनी मात्र फैलीएको हुनेहुँदा जरा काटिने सम्भावना हुन्छ सो कुरा खनजोतको बखत हेक्का पुर्‍याउनु पर्दछ । मलखाद सो एक मिटर क्षेत्रमा राम्ररी छरिसके पछि पुनः हल्कासँग खनजोत गरी माटोमा राम्ररी मिलाउनु पर्दछ । त्यस पछि सिंचाई गर्नु पर्दछ । कतिपय पुस्तक तथा पुस्तिकाहरुमा एक मिटर वरिपरि आधा मिटर साईजको कुलेसोको रिङ्ग बनाई त्यसैमा मलखाद हालि माटोले पुर्ने र सिंचाई गर्ने उल्लेख गरेको पाईन्छ तर फेँद सम्म नै मल छरिदिँदा सबै जराले मल प्राप्त गर्ने हुँदा मलको पुरा सदुपयोग हुन्छ ।


सुक्ष्मतत्वको प्रयोग:
किवीफललाई पोटास मलको बढी आवश्यक पर्ने हँुदा हुर्किसकेको बोटमा हाडको धुलो १ किलो वा खरानी २ किलो प्रतिबोट प्रयोग गर्दा राम्रो हुन्छ । मलखाद प्रयोगको बावजुद पनि बिरुवाको वृद्धि विकासमा समस्या देखिएमा सूक्ष्मतत्वको प्रयोग गर्नु पर्दछ । विशेषगरी जिंक, बोरोन, म्याग्नेसियम र अन्य तत्वको कमीको लक्षण पनि देखिन्छ । खासगरि पात डाडु जस्तो बन्ने दोब्रिने, पहेलो देखिने तथा पातमा बीचदेखि किनारासम्म पहेला धर्साजस्तो हुने आदि लक्षण देखिने गर्छ । यस्तो अवस्थामा हाइजिंक, जिंकपावर, बोरेक्स, धुलो सूक्ष्मतत्व आदि एक चम्चा एकलिटर पानीमा मिसाएर एक एक महिनाको फरकमा २, ३ पटक फेदमा छर्दा सो समस्या हट्छ ।

Previous Post Next Post
Get it on Google Play