Kiwi fruit : Botany Description. ( किवीफलको बानस्पतिक परिचय )


विश्व बजारमा ढिलो गरि आएको यो फल पहिले Dilleniaceae परिवारमा पर्ने मानिन्थ्यो । तर हाल किवीफल एक्टिनिडिइसिया (Actinidiacea family) परिवारमा अन्र्तरगत राखियको छ । 


सन् १९८६ मा यस फललाई एक्टिनिडिया डेलिसियोसा (Actinidia deliciosa) भनेर वर्गिकरण गर्‍यो । तर हाल हरियो गुदी भएको र सतह झुसे भएको लाई A. deliciosa र पहेलो वा रातो गुदी भएको तथा सतह चिल्लो भएको प्रजातीलाई A. chinensis भनि वर्गिकरण गरिएको छ ।


Actinidia का ७६ वटा प्रजाती विद्यमान छन । एक्टिनिडिया ग्रीक शब्द हो जसको अर्थ कडा अथवा मुस्किल भन्ने बुझाउछ, तसर्थ यसको लहरा हाँगा प्रतिकुल अवस्थामा समेत बाँच्ने खालका हुन्छन् । डेलिसियोसा ग्रीक शब्दले Luxury, Luxurious भन्ने बुझाउँछ, तसर्थ यसले फल निकै स्वादिलो छ भन्ने संकेत गर्दछ । किवीफल लहरामा फल (बेरी) लाग्ने बिरुवा हो । यो Dioecious बिरुवा हो, भाले र पोथी अलग अलग बोट हुन्छन् । यो एउटा झाँडीदार, काठे लहरा हुने, टेकामा चढ्ने खालको बोट हो, ८ मीटर सम्म टेकामा चढ्न सक्दछ । हाँगाको तलतिर काठयुक्त (woody) हुन्छ र माथीपट्टी नरम हुन्छ, लहराले टेकालाई बेरेर समाउँछ ।


पातहरु गोलाकार (Oval) र एक पछि अर्को आउने (Alternate) खालको हुन्छ, पत्रडण्ठी लामो हुन्छ । नयाँपातहरु तथा मुनाहरु राता झुस वा रौले ढाकेको हुन्छ तर पात छिप्पिए पछि सतह चिल्लो हुन्छ । पूmल सुरुमा सेतो र पछि पहेलो रङ्गको हुन्छ यसको फललाई नरम बेरी (Soft berry) भनिन्छ, जुन झुप्पामा लाग्छ, बोक्रा खैरो झुसे तथा झुसरहित (जात अनुसार) दुवै खालको हुन्छ । गुदी जात अनुसार हरियो, पहेलो र रातो हुन्छ, बेरीको केन्द्रको नजिक स-साना बीउहरु केन्द्रको वरिपरि फैलिएर रहेका हुन्छन् ।


किवीफलको जरा माटोमा धेरै गहिराईमा जादैन र बढी फैलिने खालको हुन्छ । जरा जमिनको सतहको ३० देखि ६० से.मि. सम्म तल फैलिन्छ । जरा दरो खालको नभई मोटा मोटा तथा नरम प्रकृतीको हुने हँुदा पानी जम्न गएमा छिटै कुहिने हुन्छ ।

Previous Post Next Post
Get it on Google Play