Kiwi Fruit : Cultivated Species in Details. ( खेती गरिएका किवीफलका प्रजातीहरु )


१. एक्टिनिडिया डेलिसियोसा ( Actinidia deliociosa )
यो प्रजाती संसार भर किवीफल खेती गरिने स्थानहरुमा प्रचलित प्रजाती हो । यसलाई चाईनिज गुजबेरी पनि भनिने गरिन्थ्यो । यसलाई व्यावसायिक जातको रुपमा चिनिन्छ । यसको फलको गुदी हल्का हरियो, झुसे बोक्रा भएको र स्वादिलो हुन्छ । यसलाई अलि बढी चिसो ( High Chilling ) रुचाउने किवी पनि भनिन्छ ।

Kiwi Fruit : Actinidia deliociosa




२. एक्टिनिडिया चाईनेन्सिस ( Actinidia chinensis )
यो प्रजाती हाल प्रचलित हुदैँ गएको छ । जापान, चीन तथा अन्य मुलुकहरुमा यस प्रजातीका धेरै जातहरु विकास भै कतिपय सिफारिस गरिएको छ भने कतिपय जातहरुको अध्ययन परिक्षण भईरहेका छन् । यस प्रजातीको बोक्रा झुस रहित हुन्छन् र फलको गुदी सुनौलो, पहेलो, रातो हुन्छ । यो प्रजातीका जातहरुलाई गुदी अनुसार पहेलो, सुनौलो र रातो किवी पनि भनिने गरिन्छ । यो प्रजातीे कम चिसो ( Low Chilling ) मा पनि खेती गर्न सकिन्छ ।

Kiwi Fruit : Actinidia chinensis



३. एक्टिनिडिया आर्जुटा ( Actinidia arguta )
यो प्रजातीलाई कडा किवी ( Hardy Kiwi ) पनि भनिन्छ, किनकी यसको अत्यन्त चिसो सहन सक्ने स्वभाव हुन्छ । यो —३३ डि.से.मा पनि बाच्ने, तर फल लाग्न धेरै चिलिंग घण्टा नचाहिने १००—२०० घण्टा (७ डि.से.) भएकोले कडा किवी भनिएको हो । यो हरिया स-साना, १०—१५ ग्राम साइज झुसरति फल लाग्ने खालको हुन्छ । गुदी हरियो र जापानमा महँगो विक्री हुने । धेरै चिसो र केही न्यानो ठाउँमा पनि खेती गर्न सकिने छिटो तयार हुने हुन्छ ।

Kiwi fruit : Actinidia arguta



४. अन्य प्रजातीहरु ( Other Species )
केही किवीफलका प्रजातीहरु यसको फलको लागि भन्दा शौन्दर्य बिरुवा ( Ornamental Plants ) को रुपमा प्रचलित छन् । मुख्य रुपमा ती प्रजातीहरुमा Actinidia kolomikta, Actinidia melandra, Actinidia polygama and Actinidia eriantha हुन् ।

Previous Post Next Post
Get it on Google Play